+
+
Shares

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा ७ कात्तिक बिहान साढे ८ बजे मृत्यु भएको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनको मृत्यु भएको पुष्टि गरे ।

७ कात्तिक, काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।

गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् ।

उनीविरुद्ध भने कुनै जाहेरी नआएको परिसरका एसपी भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?