+
+
Shares

एकताबारे विप्लव : गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन

पार्टी एकताबारे पार्टीको पाँच बुँदे धारणा शुक्रबार सामाजिक सञ्जालमा समेत राखेका छन् । जहाँ एकताबारे गम्भीर छलफल चलेको तर टुंगो नलागिसकेको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा र अन्य सहमत पार्टीहरूबीच एकताबारे प्रचार भइराखेको बताए।
  • विप्लवले पाँच बुँदे धारणा सार्वजनिक गर्दै एकता गम्भीर छलफलमा रहेको तर टुंगो नलागेको उल्लेख गरे।
  • उनले कम्युनिस्टहरूबीच शत्रुतापूर्ण सोच नबनाई सयुक्त मोर्चा र सहकार्यमा काम गर्नुपर्ने बताए।

७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केही समयदेखि समाजवादी मोर्चाका र अन्य सहमत पार्टीहरू बीच एकताबारे अनेक प्रचार भइराखेको बताएका छन् ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

पार्टी एकताबारे पार्टीको पाँच बुँदे धारणा शुक्रबार सामाजिक सञ्जालमा समेत राखेका छन् । जहाँ एकताबारे गम्भीर छलफल चलेको तर टुंगो नलागिसकेको उल्लेख छ ।

के छ विप्लवको ५ बुँदे धारणाः

१. कम्युनिस्टहरू बीचको एकताको आवश्यकता झनै बढेको छ ।

२. एकता संठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार,सिद्धान्त,लक्ष्य,आर्थिक दृष्टिकोण,जीवन व्यवहार, संस्कृति सहितको एकरूप बुझाइसँग सम्बन्धित छ। यी बिषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन ।

३. यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ ।

४. कम्तिमा कम्युनिस्टहरू बीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघीयता) स्थापना गर्न सयुक्त मोर्चा र सहकार्य को नीतिमा काम गर्नुपर्छ ।

५. देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?