News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा कुरकुरे, कुरमुरे, लेज र चिजबल आयातमा २१ करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
- यस अवधिमा ४ लाख १३ हजार ३ सय ७८ किलो कुरकुरे, कुरमुरे र लेज आयात भएको छ र सरकारले १३ करोड ३५ लाख ७९ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।
- भारतबाट सबैभन्दा बढी १६ करोड ६१ लाख ५१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने मलेसिया र दक्षिण कोरियाबाट पनि उल्लेखनीय आयात भएको छ।
१० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नेपालमा कुरकुरे, कुरमुरे, लेज र चिजबल आयातमा २१ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिना (साउन–असोज) सम्म २१ करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरको कुरकुरे, कुरमुरे, लेज र चिजबल आयात भएको हो ।
यस अवधिमा ४ लाख १३ हजार ३ सय ७८ किलो कुरकुरे, कुरमुरे र लेज आयात भएको छ । यस्तै, उक्त परिमाणको कुरकुरे, कुरमुरे र लेज आयात गरेबापत सरकारले १३ करोड ३५ लाख ७९ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
नेपालमा आउने यी वस्तु भारत, चीन, कोरिया, मलेसिया, मेक्सिको र साउदी अरेबियाबाट आउने गरेको छ ।
सबैभन्दा धेरै भारतबाट १६ करोड ६१ लाख ५१ हजार रुपैयाँको यी वस्तु भित्रिएको छ । यस्तै, मलेसियाबाट ४ करोड ३७ लाख ५४ हजार र दक्षिण कोरियाबाट ३३ लाख रुपैयाँको यस्ता वस्तु आयात भएको विभागको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया 4