+
+
Shares

रुकुमपूर्वमा हिमपातले जनजीवन प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ११:५८

११ कात्तिक, रुकुमपूर्व । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा यो वर्षको हिउँदको पहिलो हिमपात सुरु भएको छ । सोमबार रातिदेखिको हिमपातले जिल्लाका डाँडाकाँडा सेताम्मे बनेका छन् ।

पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका माथिल्ला बस्तीहरूमा बाक्लो हिउँ जमेको छ । विशेष गरी सिस्ने गाउँपालिका–१, भूमे गाउँपालिका–१ र पुथा क्षेत्रका डाँडाकाँडा हिउँले ढाकिएका छन् ।

पुथा उत्तरगंगा गाउँपालिका–१० का मैत्या घर्तीमगरका अनुसार, तकसेरा लगायत समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथि रहेका बस्तीमा हिउँ परेपछि चिसो बढेको छ ।

यस्तै सिस्ने गाउँपालिका-१ का वडाध्यक्ष रजबहादुर बुढामगरले हिमपातले पशुचरणमा समस्या भएको बताए । ‘चरन क्षेत्र सबै हिउँले ढाकेको छ । भेँडा–बाख्रा गोठमै राख्नुपरेको छ’, उनले भने ।

उनका अनुसार सिस्ने हिमालको काखमा रहेको ठुलो सिस्ने गाउँमा चिसो अत्यधिक छ ।

यद्यपि, हिमपातले खेतीपातीका लागि फाइदा पुर्‍याउने किसानहरूको भनाइ छ । खेतको माटो भिज्दा अन्नबाली उत्पादनमा सुधार हुने अपेक्षा किसानहरूले गरेका छन् ।

हिमपातले जनजीवन कष्टकर बने पनि हिमाली क्षेत्रका दृश्य मनमोहक देखिन्छन् । सिस्ने र पुथा हिमालसहितका आसपासका क्षेत्रमा हिउँ हेर्न र रमाइलो गर्न आन्तरिक पर्यटकहरु पुग्ने क्रम जारी छ ।

– बालाराम शेर्पालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?