+
+
Shares

जेनजी आन्दोलन : प्रहरीका सवारीसाधनतर्फ ५४ करोडको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १६:५३
फाइल तस्वीर

१२ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीका सवारीसधानतर्फ पनि ठूलो क्षति भएको छ ।

आन्दोलनमा भएको क्षतिको विवरण अध्ययन गर्न प्रहरी हेडक्वाटरले बनाएको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले सवारी साधनतर्फ पनि ठूलो क्षति भएको विवरण पेस गरेको छ । जसमा सवारी साधनतर्फ ५४ करोडको क्षति भएको उल्लेख गरेको छ ।

जसमध्ये ४९४ सवारी साधन पूर्ण र ५७ आंशिक गरी कुल ५५१ सवारी साधानमा क्षति भएको रिपोर्ट रेग्मी समितिले दिएको छ ।

यसका साथै प्रहरी कर्मचारीको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो क्षति भएको छ ।

प्रहरीका व्यक्तिगत दुई पांग्रे, चार पांग्रे सवारीका साथै अन्य सरसामानहरू गरेर २२ करोडको क्षति भएको रिपोर्टमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?