+
+
Shares

भोलि कुन दल आउँछ थाहा छैन, तर दलको विकल्प देखिँदैन : सांसद गैरे

‘भोलि कुन दल आउँछ थाहा छैन । तर दलको विकल्प देखिँदैन,’ सांसद गैरे भन्छिन्, ‘जेनजीहरू पनि दल बनाएर आउँदैछन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १३:०९

१३ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद राजेन्द्र लक्ष्मी गैरेले दलको विकल्प नरहेको बताएकी छन् ।

बिहीबार सिंहदरबारमा राष्ट्रिय सभा अन्तरगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको थियो । उक्त बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘भोलि कुन दल आउँछ थाहा छैन । तर दलको विकल्प देखिँदैन,’ सांसद गैरे भन्छिन्, ‘जेनजीहरू पनि दल बनाएर आउँदैछन् ।’

दलहरूप्रतिको धारणा नकारात्मक बनाउने प्रयास भएको उल्लेख गर्दै उनले दलको विकल्प नरहेको ख्याल गर्न आवश्यक रहेको बताएकी हुन् ।

समाजमा रहेका हरेक प्रश्नउपर छलफल र बहस गर्ने थलो संसद् भएकाले संसद्‍को प्रभावकारिता हुन आवश्यक रहेको उनले बताए ।

‘प्रतिनिधिसभा विघटन भएको छ । राष्ट्रिय सभा जीवित छ र यसले के गर्छ भनेर धेरैले ख्याल गरिरहेका छन्,’ उनी भन्छिन्, ‘यो बेला हाम्रो पनि सक्रियता आवश्यक छ ।’

सरकारले गरेका कामका विषयमा छलफल गर्न सकिने उनले बताइन् । देश र जनताभन्दा माथि कोही पनि नरहेको उल्लेख गर्दै उनले भनिन्, ‘देश र जनताको हितभन्दा बाहिर जोसुकैले जे ल्याएपनि कलम चोप्न हुँदैन ।’

शान्ति सुरक्षा, विकास आयोजना लगायतका विषयमा संसदीय समितिले सम्भव भए प्रधानमन्त्री नभए मन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने उनको प्रस्ताव छ ।

उनले भनेकी छन्, ‘सम्भव भए प्रधानमन्त्री नभए मन्त्री वा विकासे कार्यालयका सम्बन्धित अधिकारीलाई भए पनि बोलाएर सोधौं– योजनाहरू किन काटियो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?