+

पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा साहुखल र घिमिरे

२०८२ कात्तिक  १६ गते १२:४४ २०८२ कात्तिक १६ गते १२:४४
पुरुष फुटबल टिमको सहायक प्रशिक्षकमा साहुखल र घिमिरे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालगोपाल साहुखल र चेतनकुमार घिमिरेलाई नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त गरिएको छ।
  • अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार दुवैलाई नियुक्तिपत्र हस्तान्तरण गरेको हो।
  • नेपालले नोभेम्बर १८ मा मलेसिया विरुद्ध एसियन कप छनोट खेल खेल्नेछ र नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

१६ कात्तिक, काठमाडौं । बालगोपाल साहुखल र चेतनकुमार घिमिरे नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार दुवैलाई नियुक्तिपत्र हस्तान्तरण गरेको हो । आसन्न एएफसी एसियन कप छनोटको मलेसियासँग हुने खेलका लागि सहायक प्रशिक्षक नियुक्त गरिएको हो ।

यसअघि अष्ट्रेलियन प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि एन्फाले हरि खड्कालाई प्रशिक्षक बनाएको थियो ।

नेपालले नोभेम्बर १८ मा मलेसिया विरुद्ध एसियन कप छनोट खेल खेल्दैछ । त्यसअघि नोभेम्बर १३ मा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

हरि खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय