News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय अफ स्पिनर रविचन्द्रन आश्विनले घुँडाको चोटका कारण यस सिजनको बिग ब्यास लिगमा खेल्न नपाउने भएका छन्।
- आश्विनले चेन्नईमा प्रशिक्षणका क्रममा घुँडामा चोट लागेपछि शल्यक्रिया गरिएको र पुनःस्थापनाको समय लामो हुने बताइएको छ।
- थन्डरले आश्विनलाई खेलबाहेकका भूमिकामा समावेश गर्ने आशा राखेको छ र उनी प्रशिक्षक वा सल्लाहकारका रूपमा संलग्न हुने इच्छा व्यक्त गरेका छन्।
१८ कात्तिक, काठमाडौं । भारतीय अफ स्पिनर रविचन्द्रन आश्विनले घुँडाको चोटका कारण यस सिजनको बिग ब्यास लिगमा खेल्न नपाउने भएका छन्।
आईपीएलबाट सन्यास लिइसकेपछि सिड्नी थन्डरबाट पहिलोपटक बिग ब्यास खेल्ने पक्का भएका उनलाई चेन्नईमा प्रशिक्षणका क्रममा घुँडामा चोट लागेपछि शल्यक्रिया गरिएको हो। पुनःस्थापनाको समय लामो हुने भएकाले उनी अब यो सिजन खेल्न सक्ने छैनन्।
३९ वर्षीय आश्विनले यसअघि थन्डरसँग पुरै सिजन खेल्ने प्रतिबद्धता जनाएका थिए। क्लबका जनरल म्यानेजर ट्रेन्ट कोपल्यान्डले भने, ‘आश्विनको चोटका कारण बिग ब्यास गुमाउनु दुःखद कुरा हो। उनी थन्डरसँग धेरै समर्पित थिए। हामी उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं।’
थन्डरले आश्विनलाई खेलबाहेकका भूमिकामा (परामर्श वा कार्यक्रम सहभागिता) समावेश गर्ने आशा राखेको छ।
आश्विनले भने, ‘यो सिजन खेल्न नपाउँदा म निकै दुःखी छु। अहिले मेरो ध्यान पुनःस्थापनामा छ। थन्डर परिवार र समर्थकहरूले देखाएको माया र समर्थनका लागि धन्यवाद। यदि डाक्टरले अनुमति दिए, म सिजनको अन्त्यतिर टोलीसँग प्रत्यक्ष भेट गर्न चाहन्छु।’
आश्विनले गत वर्ष डिसेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका थिए भने यस वर्ष अगस्टमा आईपीएलबाट पनि सन्यास लिएका थिए।
उनी हाल विभिन्न लिगहरूमा प्रशिक्षक वा सल्लाहकारका रूपमा संलग्न हुने इच्छा व्यक्त गर्दै आएका छन्।
प्रतिक्रिया 4