+

आईसीसी टी-२०आई अलराउन्डर वरीयता : दीपेन्द्र छैटौंमा झरे

२०८२ कात्तिक  १९ गते १४:०६ २०८२ कात्तिक १९ गते १४:०६
आईसीसी टी-२०आई अलराउन्डर वरीयता : दीपेन्द्र छैटौंमा झरे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन्।
  • आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा दीपेन्द्रको रेटिङ अंक २०२ मा घटेको छ।
  • पाकिस्तानका सायम अयुब शीर्ष स्थानमा छन् भने कुशल भुर्तेल २५औं स्थानमा छन्।

१९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन् ।

आईसीसीले सोमबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र छैटौंमा झरेका हुन् ।

नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्र खस्किएका हुन् ।

यद्यपी दीपेन्द्रको रेटिङ अंक भने घटेको छ । उनको अंक घटेर २०२ भएको हो ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज उक्लँदा भारतका हार्दिक पान्ड्या चौथोमा र अफगानिस्तानका मोहम्मद नाबी पाँचौंमा झरेका छन् ।

कुशल भुर्तेल अलराउन्डर वरीयतामा २५औं स्थानमा छन् ।

 

आईसीसी वरीयता दीपेन्द्रसिंह ऐरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय