+
+
Shares

पाण्डव ५ थिए, हामी १० भाइ छौं, जित सुनिश्चित छ: महेन्द्र राय यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एकीकृत कम्युनिष्ट पार्टीको लक्ष्य पूरा भएरै छाड्ने बताएका छन्।
  • अध्यक्ष यादवले दश राजनीतिक पार्टी एकीकृत भएर महाभारतका पाँच पाण्डव भाइभन्दा बढी भएकाले जित सुनिश्चित भएको बताए।
  • उहाँले पार्टीभित्र सामाजिक न्याय र भेदभाव नहुने व्यवस्था आवश्यक रहेको र बहुभाषिकता तथा बहुधार्मिकता झल्किनुपर्ने बताए।

१९ कात्तिक, काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एकीकृत कम्युनिष्ट पार्टीको लक्ष्य पूरा भएरै छाड्ने बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यादवले छुट्टाछुट्टै रहेका शक्तिहरू एकठाउँमा केन्द्रीकृत भएकाले अब एकीकृत पार्टीले लिएको लक्ष्य पूरा हुने बताएका हुन्।

उनले आज एकीकृत भएका दश राजनीतिक पार्टीलाई महाभारतका ५ पात्रसँग जोडेर चर्चा गरे। ‘महाभारतमा पाण्डव पाँच भाइ मात्र थिए,उनीहरूले कौरवलाई परास्त गरे’ उनले भने, ‘हामी आज दश भाइ जम्मा भएका छौं। त्यसैले हाम्रो जित सुनिश्चित छ।’

अध्यक्ष यादवले अहिले देश संकटपूर्ण अवस्थामा रहेको भन्दै त्यसलाई उकास्न पनि सबै एकीकृत हुनु पर्ने आवश्यकता रहेको बताए।

विगतमा माओवादीसँग पार्टी एकताको पटकपटक छलफल भएको चर्चा गरेका यादवले महाधिवेशन आयोजना गरेका दिन म एकीकृत हुन आइपुग्छ भनेर प्रचण्डलाई भनेको सन्दर्भ कोट्याए। ‘मैले प्रचण्डजीलाई भनेको थिएँ, तपाईंहरूको महाधिवेशनका बेला म त्यहीँ आइपुग्छु। नभन्दै म अहिले यहाँ एकीकृत हुन आइपुगेको छु। म १८ वर्षपछि पुन: मार्क्सवादी हुन आइपुगेको छु।

कम्युनिष्ट पार्टीको विाभजनको मुल कारण आन्तरिक लोकतन्त्रमा आएको संकट भएको भन्दै उनले सामाजिक न्यायको आधारमा पार्टी सञ्चालन गर्नुपर्ने र पार्टीभित्र भेदभाव हुन नहुने जिकिर गरे।

उनले देश बहुभाषिक र बहुधार्मिक भएको भन्दै पार्टीमा त्यस्तो चित्र झल्किएन भने पार्टी एकीकृत भइरहन नसक्ने चेतावनीसमेत दिए।

उनले मुलुकलाई अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा पुर्‍याउनु पर्ने भन्दै जेन–जी आन्दोलनले यो मुद्दालाई पुन: उठाइदिएको बताए। जेन–जीले पुन: उठाएको यो मुद्दालाई अब प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेर उठाउनु पर्ने यादवको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?