+
+
Shares

‘उज्ज्वल सागर एण्ड द ब्यान्ड’ आज पोखरामा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्ज्वल सागर एण्ड द ब्यान्डले आज शुक्रबार पोखराको रोलिङ स्टोन्समा पहिलो लाइभ प्रस्तुति दिनेछ।
  • कार्यक्रमको आयोजना लाइन अप नेपालले गरेको छ, जसको नारा 'संगीतले हामीलाई एकताबद्ध तुल्याउँछ' राखिएको छ।
  • कार्यक्रमको ढोका राति ८ः०० बजे खुल्ने जनाइएको छ।

पोखरा । ‘उज्ज्वल सागर एण्ड द ब्यान्ड’ आज शुक्रबार पोखराको रोलिङ स्टोन्समा गुञ्जिने भएको छ ।

ब्याण्डले तालनगरीमा पहिलो लाइभ प्रस्तुति दिन लागेको हो । कार्यक्रमको आयोजना लाइन अप नेपालले गरेको हो, जसको नारा ‘संगीतले हामीलाई एकताबद्ध तुल्याउँछ’ राखिएको छ ।

सो अवसरमा स्थानीय लक्ष्य ब्यान्डले पनि प्रस्तुति दिनेछ । त्यसअघि ‘इन्टर कलेज ब्याण्ड च्याम्पियनसिप २०२४’ को विजेता द कर्णाली ड्रीम्सले ओपनिङ एक्ट गर्नेछ ।

उज्ज्वल सागर एण्ड द ब्यान्डमा उज्ज्वल सागर (भोकल्स र गिटार), नरेन मोक्तान (गिटार), जय लामा (बास), रिदम बोगटी (ड्रम्स), आयुष ढिताल (तबला), अर्पण राई (किबोर्ड) र रुपेश शाक्य (बासुरी) छन्। देव शर्माले साउन्ड इन्जिनियरको जिम्मेवारी सम्हाल्नेछन्।

‘हामी पोखरामा प्रस्तुति दिन पाउँदा निकै उत्साहित छौं’ ब्यान्ड व्यवस्थापक सरोज खड्काले भने, ‘पोखरामै प्रस्तुति दिनु हाम्रो पुरानो सपना थियो, यो पुरा भएको जस्तो लागेको छ ।’

कार्यक्रमको ढोका राति ८ः०० बजे खुल्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?