+
+
Shares

मधेश सरकार गठन गर्न प्रदेश प्रमुखलाई दलहरूको खबरदारी

उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन लागेको हल्ला सुनेर साना दलहरूले १६८ (२) बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख कार्यालय पुगेर संयुक्त रुपमा खबरदारी गरेका हुन्।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ कात्तिक २३ गते २०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कांग्रेससहित सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गर्न ध्याणकर्षण गराएका छन्।
  • एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन लागेको हल्ला सुनेर साना दलहरूले १६२ (२) बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख कार्यालयमा संयुक्त खबरदारी गरेका छन्।
  • निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले कांग्रेससहित सात दलको ८० भन्दा बढी सांसद बहुमत सरकार गठन पक्षमा रहेको र प्रदेश प्रमुखले संविधान अनुसार निर्णय गर्ने बताउनुभएको छ।

२३ कार्तिक, जनकपुरधाम। मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कांग्रेससहितका सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनको लागि आह्वान गर्न ध्याणकर्षण गराएका छन्।

उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन लागेको हल्ला सुनेर साना दलहरूले १६८ (२) बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख कार्यालय पुगेर संयुक्त रुपमा खबरदारी गरेका हुन्।

यस विषयको लागि आज निवर्तमान सत्ता गठबन्धनमा काँग्रेसपनि साथमा आएको छ । कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका दलका नेता तथा सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेका थिए।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले कांग्रेसहित ७ दलको ८० भन्दा बढी सांसद बहुमत सरकारको पक्षमा रहेकाले उपधारा २ बमोजिम नै सरकार गठनका लागि आग्रह गरिएको बताए।

जवाफमा प्रदेश प्रमुख भण्डारीले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको उनको भनाइ छ। ‘यो विषयलाई प्रदेश प्रमुखले अत्यन्त गम्भीरतापूर्वक र सकरात्मक रुपमा लिनुभएको छ । अहिले केही प्रोग्रेस भएको छैन। कामचलाउ मुख्यमन्त्री छँदैछ।

यति दलका नेता र सांसदहरु आउनु भएको दलको सहमतिको आधारमा संविधानको मर्म र भावना अनुसार नै हामी निर्णयमा पुग्छौं भन्नु भयो’ प्रदेश प्रमुखको जवाफ सोनलले सुनाए ।

उनका अनुसार बजारमा रहेको हल्ला अनुसार नभएर संविधान अनुसार नै मुख्यमन्त्री बन्नेमा आश्वस्त प्रदेश प्रमुखले बनाएकी छन्। सोनलले प्रदेश प्रमुखको कुरा सकरात्मक भएकाले उनलाई निर्णय लिन १।२ दिन समय लागेपनि समय दिएको बताए ।

काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीले राखेको कुरामा सहमति जनाए । तपाई निवर्तमान गठबन्धनमा आएको कुरा सही हो ? भन्ने संचारकर्मीको जिज्ञासामा यादवले भने ‘पहिला सरकार गठन होस् न त्यसपछि कुरा अगाडि बढ्छ।’

मधेश प्रदेशमा काँग्रेस निवर्तमान गठबन्धनको साथ भए सरकार बन्न प्रयाप्त बहुमत पुग्छ । मधेश प्रदेशसभामा हाल काँग्रेको २२, जसपाको १८, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाका ८, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्तिको १ सिट छ । जसमा जनमतका जनस्वराजमा जनमतका २ जना सनाखत गरिसकेका छन्।

मधेशमा गत असोज २९ मा ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका लोसपा नेता सोनल विश्वासको मत नपाउने देखेपछि सदनमै राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत भइसकेको छ । प्रदेश प्रमुखले अहिलेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेका छैनन्।

एमाले कोटामा प्रदेश प्रमुख बनेकी भण्डारीले ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ बमोजिम एमाले संसदीय दलको नेता सरोजकुमरा यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने हुन् की शंकाले दलहरु सशंकित छन्।

त्यसकारण निवर्तमान गठबन्धनका नेताकार्यकर्ताले आज प्रदेश प्रमुख कार्यालय र मधेश भवन अगाडि नाराबाजी समेत गरेका थिए । उनीहरुले संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठन गर्न दबाब दिएका थिए।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?