+

एन्फाले लाइभ गर्न नमानेपछि खेलाडी संघ वार्तामा बसेन

२०८२ कात्तिक  २४ गते १४:३१ २०८२ कात्तिक २४ गते १४:३१
एन्फाले लाइभ गर्न नमानेपछि खेलाडी संघ वार्तामा बसेन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ र नेपाल फुटबल खेलाडी संघबीच आजका लागि डाकिएको वार्ता एन्फाले लाइभ गर्न नमानेपछि स्थगित भएको छ।
  • खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फाले वार्ता लाइभ गर्न तयार नभएपछि वार्तामा नबसिएको जनाए।
  • गत बिहीबार खेलाडी संघले सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि धर्ना दिँदै आफ्ना मेडलहरू बुझाएको थियो।

२४ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच आजका लागि डाकिएको वार्ता स्थगित भएको छ ।

संघको मागअनुसार वार्ता लाइभ गर्न एन्फाले नमानेपछि खेलाडी संघ पनि वार्तामा बस्न नमानेको हो । संघले सोमबार विहान स्टाटस राख्दै वार्ता लाइभ हुनुपर्ने माग राखेको थियो ।

संघका अध्यक्ष विक्रम लामाले एन्फा वार्ता लाइभ गर्न तयार नभएपछि वार्तामा नबसिएको जनाए । ‘हामीले सबैजनाले हेर्न पाऊन् भनेर लाइभ हुनुपर्ने माग राखेका थियौं, महासचिवज्यूले संस्थागत कुरा हो, लाइभ नगरीकन छलफल गरौं भन्नुभयो । हामीले त्यसपछि वार्ता सम्भव छैन भनेर भन्यौं’ लामाले भने ।

एन्फाले ए डिभिजन लिग र राष्ट्रिय लिगबारे उठेका खेलाडीहरूको माग र भावनालाई संवादमार्फत सम्बोधन गर्ने जनाउँदै आजका लागि वार्ता बोलाएको थियो ।

गत बिहीबार नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि धर्ना दिँदै आफ्ना मेडलहरू बुझाएका थिए।

खेलाडी संघले खेल्न पाउनु आफ्नो आधारभूत हक भएको र त्यसका लागि सडकमा आउन बाध्य भएको जनाएको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय