२५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् ।
असहज परिस्थितिका बाबजुद उनले मधेश भवन छिरेर मंगलबार पदभार ग्रहण गरेका हुन् ।
यादवले पदभार ग्रहण गरिरहँदा सात राजनीतिक दलका सांसद तथा नेता कार्यकर्ताहरूले मधेश भवन आगाडि नाराबाजी गरिरहेका थिए ।
विरोध प्रदर्शनका क्रममा मधेश भवन बाहिर सांसद र राजनीतिक दलका नेता कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ ।
त्यस क्रममा प्रहरीले विरोधमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज समेत गरेका छन् ।
प्रहरीले विरोध प्रदर्शनमा उत्रिएका दलका नेता तथा कार्यकर्तामाथि लाठीचार्ज गर्दै भिडलाई तितरबितर बनाएको छ । जसका कारण अहिले मधेश भवन अगाडिको क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रतिक्रिया 4