+
+
Shares
सरकार र मेलम्ची संघर्ष समितिबीचको वार्ता सफल :

मेलम्चीको पानी पथान्तरणमा अवरोध नगर्न स्थानीय सहमत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते २२:३६

२५ कात्तिक, काठमाडौं । विभिन्न माग राखी मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन अवरोध गरेका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

सरकार र मेलम्ची संघर्ष समितिका प्रतिनिधिसहितको वार्तामा मंगलबार राति १५ बुँदे सहमति भएपछि पानी अवरोध अन्त्य गर्न स्थानीय सहमत भएका हुन् ।

ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससँगै मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरणमा भएको अवरोध समाधान भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

मंगलबार राति १० बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।

स्थानीयले पाँच दिनदेखि आयोजनाको पानी पथान्तरण राेकेपछि सरकारको तर्फबाट खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्यको उपस्थितिमा मेलम्ची खानेपानी आयोजना, मेलम्ची बाढी पीडित संघर्ष समिति लगायत विभिन्न राजनीतिक दल र स्थानीयवासीका प्रतिनिधिबीच सिंहदरबारमा वार्ता हुँदै आएको थियो । सोही वार्ता मंगलबार मन्त्री घिसिङ पनि सहभागी थिए ।

वार्तामा भएका सहमतिहरु यस्ता छन्–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?