+
+
Shares

जलरङ कलाकारहरूको ‘चित्रण’ कला प्रदर्शनी भोलिदेखि

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको दरबारमार्गस्थित ग्यालरी १०८ मा २८ कात्तिकदेखि २७ मंसिरसम्म एन.बी. गुरुङ, डी. राम पाल्पाली र हरिराम जोजूको संयुक्त जलरङ कला प्रदर्शनी हुने भएको छ।

काठमाडौंको दरबारमार्गमा अवस्थित ग्यालरी १०८ ले तीन कलाकारहरूको संयुक्त जलरङ कला प्रदर्शनी गर्ने भएको छ । २८ कात्तिकदेखि २७ मंसिरसम्म एन.बी. गुरुङ, डी. राम पाल्पाली र हरिराम जोजूको जलरङ चित्रकलाहरू प्रदर्शनी हुने भएको हो ।

यस संयुक्त प्रदर्शनीको नाम ‘चित्रण’ दिइएको छ । यो प्रदर्शनीमा जलरङको माध्यमबाट नेपालको विविधतापूर्ण भू-दृश्य, सम्पदा र मानवीय भावनाको गहिराइलाई देखाइने बताइएको छ ।

प्रदर्शनीको क्युरेटोरियल वक्तव्यअनुसार तीनै कलाकारले जलरङको माध्यमबाट नेपाललाई फरक-फरक शैलीमा प्रस्तुत गरेका छन् । उनीहरूमध्ये एन.बी. गुरुङको काममा अभिव्यक्तिको जीवन्तता, डी. राम पाल्पालीको काममा गहन यथार्थवाद र हरिराम जोजूको काममा प्रकृतिसँगको ध्यानपूर्ण संलग्नता देख्न सकिने भएको छ ।

जलरङ एक प्रकारको कलामाध्यम हो । यसलाई सबैभन्दा पुरानोकला माध्यममध्येको एक पनि मानिन्छ । नेपालमा ब्रिटिश भारतमा तालिम लिएका नेपाली कलाकारहरूले यसलाई नेपाल भित्र्याएको बताइन्छ । पारदर्शीता, तरलता र चमकदार जलरङका गुण हुन् । राजमान चित्रकार, भजमान चित्रकार, रामानन्द जोशी, डी.बी. चित्रकार, मदन चित्रकार, दुर्गा बराल जस्ता कलाकार यस विधाका केही चर्चित नाम हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?