+
+
Shares
बक्सअफिस :

‘परान’ को कमाइ ८ करोड नाघ्यो

फिल्मले तेस्रो सप्ताहन्तमा ९ करोड आसपासमा कमाइ गर्न सक्ने अनुमान गर्न सकिन्छ । यो गति कायम रहे, दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मको लागि १० करोडको आँकडा टाढा छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १५:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परान' ले प्रदर्शनको दोस्रो साता ७ करोड ४३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • फिल्मले प्रदर्शनको दोस्रो साता ८ करोड रुपैयाँ ग्रस कमाइको आँकडा छुन सफल भएको छ।
  • तेस्रो सप्ताहन्तमा फिल्मले ९ करोड आसपास कमाइ गर्ने र १० करोडको आँकडा टाढा नरहेको अनुमान गरिएको छ।

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेको छ । प्रदर्शनको पहिलो साताभन्दा दोस्रो सातामा कमाइ आक्रामक देखिन्छ ।

फिल्मले प्रदर्शनको दोस्रो साता विहिबार राती १२ बजेसम्म सिनेपाः बक्सअफिसमा ७ करोड ४३ लाख रुपैयाँ नेरु ग्रस कमाइ गरेको छ । फिल्मले दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’को साथ पाएको देखिन्छ ।

आज शुक्रबारमात्र अपरान्ह ३ बजेसम्म फिल्मको कमाइ चलचित्र विकास बोर्डको बक्सअफिसमा ५३ लाख रुपैयाँ ग्रस छ । यसको अर्थ फिल्मले ८ करोड ग्रसको आँकडा छोएको छ ।

आज बेलुकी र रातीका अधिकांश शोमा शतप्रतिशत अकुपेन्सी देखिएकाले फिल्मको कमाइ आज शुक्रबारमात्र ७० देखि ८० लाख पुग्ने प्रक्षेपण गर्न सकिन्छ ।

भोलि शनिबार फिल्मले कूल २३३ शोज पाएको छ । शनिबार पनि दुई तिहाइभन्दा धेरै शोज ८० देखि १०० प्रतिशत अकुपेन्सीसहित हुने देखिन्छ ।

यसको अर्थ फिल्मले तेस्रो सप्ताहन्तमा ९ करोड आसपासमा कमाइ गर्न सक्ने अनुमान गर्न सकिन्छ । यो गति कायम रहे, दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मको लागि १० करोडको आँकडा टाढा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?