News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य गणेश कार्कीले नेताहरूले पार्टी छाड्नुको कारण खोज्नुपर्ने बताएका छन्।
- पार्टी सचिवालय सदस्य सन्तोष परियारले समानुपातिकमा नपर्ने भएपछि पार्टी छाडेको सामाजिक सञ्जालमा बताएका छन्।
- सन्तोष परियार माओवादी केन्द्र छाडेका जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव, मानुषी यमीसँग संवादमा रहेको स्रोतले बताएको छ।
२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नेताहरूले पार्टी छाड्नुको कारण खोज्नुपर्ने बताएका छन् ।
पार्टीका सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । यो सन्दर्भमा सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘समस्या छन्, समाधान खोजौं । जानेलाई लगाउने आरोप हैन, छोड्नुको कारण खोजौं । सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौँ ।’
यसअघि रास्वपा केन्द्रीय सदस्य सुमना श्रेष्ठले पार्टी छाडेकी थिइन् ।
‘सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भए पछि छोड्यो भन्ने होला अब । अस्ति सुमना ले छोड्दा त त्यस्तो नियम बनाएकै थिएन त, किन छोडिन् ?,’ कार्की लेख्छन् , ‘सांसद नै नभएका केन्द्रीय सदस्य डा. प्रभात र हरिले छोडे । तिनले के नपाएर छोडे ? अब प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तिनलाई के भन्ने ?’
पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए ।
परियारको पृष्ठभूमि कम्युनिस्ट भएको हुँदा उनी जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव, मानुषी यमी लगायतसँग संवादमा रहेको रास्वपा स्रोतले अनलाइनखबरलाई बतायो ।
रास्वपाका एक शीर्ष तहका नेताले अनलाइनखबरलाई बताएअनुसार रास्वपाका पूर्वप्रमुख सचेतक परियार माओवादी केन्द्र छाडेका जनार्दन शर्मासहित घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव, मानुषी यमी लगायतसँग संवादमा रहेको आफूहरूलाई जानकारी रहेको ती नेताले बताए ।
प्रतिक्रिया 4