+
+
Shares

पत्रकार थपलियालाई स्थानीय प्रतिभा पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १०:०८

१ मंसिर, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगर वाङमय परिषद् लालबन्दीले हरेक वर्ष प्रदान गर्दै आएको स्थानीय प्रतिभा पुरस्कार २०८२ पत्रकार तथा साहित्यकार कृष्ण थपलिया (समर्पण)ले पाउने भएका छन् ।

दुई दशकभन्दा लामो सयमदेखि पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय थपलियालाई नगद रु.२५ हजार राशिको सो पुरस्कार प्रदान गरिने वाङमय परिषदले जनाएको छ ।

पत्रकार थपलिया नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष तथा सूचनाको हकको लागि राष्ट्रिय महासंघ मधेश प्रदेशका महासचिव र लालबन्दीबाट प्रसारण हुने रेडियो एकताकाको संस्थापक स्टेशन म्यानेजर हुन् ।

त्यस्तै ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८२’ रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ आख्यानलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै साहित्यिक शीद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२ ‘मकै’ पुस्तकका लेखकसमेत रहेका साहित्यकार दिनेश अधिकारीलाई‎ प्रदान गरिने परिषद्ले जनाएको छ । उक्त पुरस्कारको राशी नगद ५० हजार छ ।

साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिंदै शहीद बन्न पुगेका कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरी सोही कोषको ब्याजको रकमबाट उक्त पुरस्कार वर्ष २०८१ बाट प्रदान गर्न प्रारम्भ गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?