News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले ग्यास, जलविद्युत् र पानी उद्योगमा कर्जाको माग करिब ६८ प्रतिशत रहेको अध्ययनले देखाएको छ।
- २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा २६ अर्ब ७२ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्, जुन अघिल्लो वर्षभन्दा ४.३७ प्रतिशत बढी हो।
- सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा जलविद्युत आयोजनाबाट १६७ मेगावाट विद्युत उत्पादन भएको र वैदेशिक रोजगारीका लागि २८ हजार ९ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन्।
१ मंसिर, काठमाडौं । सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले ग्यास, जविद्युत् र पानी उद्योगमा कर्जाको माग उच्च देखिएको छ ।
नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको औद्योगिक क्षेत्रको कर्जा लगानीमध्ये धेरै हिस्सा रहेको सो क्षेत्रको माग करिब ६८ प्रतिशत रहेको देखिएको हो ।
२०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले औद्योगिक क्षेत्रमा २६ अर्ब ७२ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३७ प्रतिशत धेरै हो । अघिल्लो आवमा सो प्रदेशको औद्योगिक कर्जा लगानी ४.७९ प्रतिशत घटेको अध्ययनले देखाएको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १६.९७ प्रतिशत छ । सो अवधिमा कुल औद्योगिक कर्जामध्ये विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ६७.५५ प्रतिशतले वृद्धि भएको छ ।
खानी सम्बन्धी उद्योगमा सबैभन्दा बढी ३७.८३ प्रतिशतले कर्जा ह्रास आएको छ । कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४२.७१ प्रतिशत, गैर खाद्यवस्तु सम्बन्धी उद्योगमा २६.०५ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २०.२१ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ८.९२ प्रतिशत, विद्युत, ग्यास तथा पानी उद्योगमा १.६३ प्रतिशत र खानीसम्बन्धी उद्योगमा ०.४८ प्रतिशत अंश रहेको छ ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन ४ खर्ब ३० अर्ब रहने अनुमान छ । आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.३२ प्रतिशत तथा आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान गरिएको छ । आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, द्धितीय क्षेत्रको वृद्धिदर २ प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर २.९ प्रतिशत रहने अनुमान छ ।
प्रमुख कृषि बालीले ढाकेको भू– क्षेत्र २.१६ प्रतिशतले वृद्धि भएको छ भने यस्ता बालीको उत्पादन २.७७ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी तेलहन तथा आलुको उत्पादन क्रमशः १८.८९ प्रतिशत र १६.११ प्रतिशतले वृद्धि भएको छ । फापरको उत्पादन सबैभन्दा बढी ७७.८८ प्रतिशतले ह्रास आएको छ ।
यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट गत आवमा प्रवाहित कुल कर्जाको १०.१४ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । २०८२ असार मसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ३.४१ प्रतिशतले ह्रास भई १५ अर्ब ९६ करोड ४२ लाखमा झरेको छ । गत आवमा यस प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ३४.४७ प्रतिशत छ । समष्टिगत रुपमा मागमा आएको गिरावटले सम्पूर्ण औद्योगिक वस्तुहरूको उत्पादनमा ह्रास आएको अध्ययनले देखाएको छ ।
गत आवमा होटलहरूको औसत अकुपेन्सी ३६.४० प्रतिशत छ । त्यसैगरी गत आवमा सुदूरपश्चिम प्रदेशमा घरजग्गा रजिष्ट्रेसन संख्या ३७.५० प्रतिशतले बढेको छ भने रजिष्ट्रेसन राजस्व ३७.६२ प्रतिशतले वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०८१ असार मसान्तसम्मको तुलनामा २०८२ असारसम्म १६.३० र कर्जा प्रवाह २.९८ प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको ७२.८८ प्रतिशत हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ ।
गत आवमा सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ७५.६६ प्रतिशत खर्च भएको छ भने पूँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ६६.४७ प्रतिशत खर्च भएको छ ।
२०८१ फागुनसम्ममा यस प्रदेशका विभिन्न जलविद्युत आयोजनाहरुबाट कुल १६७ मेगावाट विद्युत उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशबाट जम्मा २८ हजार ९ सय ९१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सिर्जित रोजगारीमा खटिएका व्यक्तिको औसत रोजगारी दिन ६८ रहेको छ ।
प्रतिक्रिया 4