+
+
WC Series
पोखरा एभेन्जर्स 2025
9/1 (1.6)
VS
१०८ बलमा १५७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

महोत्तरीमा छुरा प्रहार गरी एक वृद्धको हत्या

महोत्तरीमा छुरा प्रहार गरी एक वृद्धको हत्या भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १३:१६

२ मंसिर, जनकपुरधाम । महोत्तरीमा छुरा प्रहार गरी एक वृद्धको हत्या भएको छ । हत्या हुनेमा जलेश्वर नगरपालिका-९ का ६० वर्षीय बेचन राय रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

भट्टका अनुसार सोमबार साँझ जलेश्वर नगरपालिका-९ आगेपुल स्थित उनीमाथि एक युवकले छुरा प्रहार गरेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्दा चिकित्सकले मृत घोषणा गरेको डीएसपी भट्टले बताए ।

छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषाको नगराइन नगरपालिका -९ फूलगामाका पप्पु भन्ने २० वर्षीय अनिलकुमार मण्डल रहेका छन् ।

प्रहरीका अनुसार मदिरा र लागुऔषधको नशामा रहेका मण्डलले बाटो हिँड्ने क्रममा विवाद गरी छुरा घाँटीमा प्रहार गरेका थिए ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?