News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको बैठकले चुनावअघि नियमित महाधिवेशनको माग गर्दै संख्या ३०/३१ पुग्ने देखिएको आङ्गेलु शेर्पाले बताए।
- बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर चुनावअघि नियमित महाधिवेशन गराउन ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।
- संस्थापनपक्षले गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइरालासँग महाधिवेशन कार्यतालिका ल्याउने विषयमा छलफल गर्ने तयारी गरेको छ।
३ मंसिर, काठमाडौं । चुनावअघि नियमित महाधिवेशनको पक्षमा रहेका नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको बैठक आज मंगलबार बसेको छ ।
केन्द्रीय सदस्य आङ्गेलु शेर्पाको अनुसार संस्थापन पक्षबाट नियमित महाधिवेशनको माग गर्ने केन्द्रीय सदस्यहरूको संख्या थप बढ्दै गएको छ । ‘आज हामी २६ जनाले बैठक गर्यौं । यो संख्या ३०/३१ पुग्ने देखिन्छ,’ शेर्पाले अनलाइनखबरसँग भने ।
संस्थापन पक्षबाट नियमित महाधिवेशनको पक्षमा २४ जना देखिँदै आएको छ । उनीहरूले पटक पटक बैठक गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नियमित महाधिवेशन गर्न ध्यानाकर्षण पनि गराएका थिए । आजको बैठकमा थपिएका केन्द्रीय सदस्यहरूमा जानकी सिंह र तारामान गुरुङ थिए ।
कुपण्डोलमा अपरान्ह देखि बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर चुनावअघि नियमित महाधिवेशन गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
शेर्पाका अनुसार दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, संस्थापनइतरका नेता डा.शेखर कोइराला लगायतसँग चुनावअघि महाधधिवेशन गराउन कार्यतालिका ल्याउने विषयमा छलफल गर्ने भएको छ । साथै, विशेष महाधिवेशन पक्षहरूसँग पनि छलफल गरिने शेर्पाले जानकारी गराए ।
प्रतिक्रिया 4