+

नि:शुल्क बसमा सरर एनपीएलका दर्शक (तस्वीरहरू)

२०८२ मंसिर  ४ गते २०:२४ २०८२ मंसिर ४ गते २०:२४

युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने आफ्नो सवारी साधन नहुने उनीहरूका लागि नि:शुल्क बस सेवा सुरू गरिएको हो ।

नि:शुल्क बसमा सरर एनपीएलका दर्शक (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघले दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने दर्शकका लागि नि:शुल्क बस सेवा सुरु गरेको छ।
  • नि:शुल्क बस सेवा मुस्कान ट्राभल्ससँग सहकार्यमा बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ।
  • बस सेवा चार रुटमा सञ्चालन हुँदैछ र महिला, वृद्ध तथा अशक्तलाई विशेष प्राथमिकता दिइएको छ।

४ मंसिर, काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने दर्शकहरूलाई नि: शुल्क बस सेवा उपलब्ध गराइएको छ ।

युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने आफ्नो सवारी साधन नहुने उनीहरूका लागि नि:शुल्क बस सेवा सुरू गरिएको हो ।

उक्त नि:शुल्क बस सेवाका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको खेलकुदमन्त्रीले बताएका छन् । उनका अनुसार नि:शुल्क सेवा खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ।

यसका साथै बसमा महिला, वृद्ध र अशक्तका लागि विशेष प्राथमिकता दिइएको छ । बस चार वटा रुटमा सञ्‍चालन हुँदै आएको छ ।  जसअनुसार पहिलो रुटको बस  टीयू गेट – स्वयम्भू –बालाजु तोकिएको छ ।

यस्तै  दोस्रो रूटको बस टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्जसम्म जानेछ  भने तेस्रो रुटको बस  टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बनेश्वर – तिनकुने – गौशाला – चाबहिलसम्म सञ्‍चालन भइरहेको छ ।

यसैगरी  चौथो अर्थात अन्तिम रूटको बस भने टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वरसम्म सञ्‍चालन गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

हेर्नुहोस्  तस्वीरहरू : 

 

एनपीएलका दर्शक नि:शुल्क बस
लेखक
चन्द्रबहादुर आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय