News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको सिमरामा जेनजी समूहका युवालाई मुक्का प्रहार गरेको आरोपमा अरबिन्द साहलाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ।
- साहसहित ६ जनाविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले दुई जना वडाध्यक्षलाई पनि पक्राउ गरी ७ म्याद थप गरेको छ।
- नेकपा एमाले महासचिव शंकर पोखरेलसहितका नेता सिमरा आउने थाहा पाएपछि जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका थिए।
४ मंसिर, काठमाडौं । बाराको सिमरामा जेनजी समूहका युवालाई मुक्का प्रहार गरेको आरोपमा अरबिन्द साहलाई प्रहरीले पक्राउ गरेको छ ।
साहलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो । बुधबार जेनजी समूहले गरेको विरोध प्रदर्शनमा सिमरा चोकमा वादविादमा साहले जेनजी युवालाई मुक्का प्रहार गरेर फरार भएका थिए ।
साहसहित ६ जना विरुद्ध किटानी जाहेरी परेपछि बारा प्रहरीले आज बिहान २ जना वडाध्यक्षलाई समेत पक्राउ गरेको थियो ।
पक्राउ परेका जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेबाट निर्वाचित धनबहादुर श्रेष्ठ र कैमुदिन अंसारीलाई प्रहरीले अदालतबाट ७ म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।
बुधबार नेकपा एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितका नेता बाराको सिमरा आउने थाहा पाएपछि जेनजी युवाहरूले उनीहरूलाई रोक्न प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा एमाले कार्यकर्ताले हस्तक्षेप गरेपछि झडप भएको थियो । बुधबारको घटनापछि आज बिहीबार पनि सिमरा दिनभरजसो तनावग्रस्त बनेको थियो ।
स्थानीय प्रशासनले जेनजी अगुवाहरूलाई वार्तामा बोलाएपछि अहिले उनीहरूले प्रदर्शन रोकेका छन् ।
प्रतिक्रिया 4