+

नेपाली मूलका शाश्‍वत राना स्वीडिस क्लब माल्मोमा अनुबन्धित

२०८२ मंसिर  ५ गते १२:२२ २०८२ मंसिर ५ गते १२:२२
नेपाली मूलका शाश्‍वत राना स्वीडिस क्लब माल्मोमा अनुबन्धित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फुटबलर शास्वत पन्त स्वीडेनको माल्मो एफएफसँग तीन वर्षका लागि व्यावसायिक अनुबन्ध भएका छन्।
  • माल्मो क्लबले शास्वतलाई उत्कृष्ट खेलाडी र राम्रो सम्भावना भएको उल्लेख गरेको छ।
  • शास्वतले माल्मो क्लबको वेबसाइटमा आफू सिनियर फुटबलमा प्रवेश गर्न उत्साहित रहेको बताउनुभएको छ।

५ मंसिर, काठमाडौं । नेपाली मूलका शाश्‍वत राना स्वीडेनको प्रतिष्ठित फुटबल क्लब माल्मो एफएफमा अनुबन्ध भएका छन् । माल्मोले शास्वतलाई व्यवसायिक रुपमा अनुबन्ध गरेको हो ।

लामो समयदेखि युरोपको डेनमार्कमा बस्दै खेल्दै आएका शाश्‍वतले पहिलो पटक व्यावसायिक सम्झौता पाएका हुन् । माल्मोसँग १८ वर्षीय लेफ्ट ब्याक शाश्‍वतले तीन वर्षका लागि सम्झौता गरेका क्लबले जनाएको छ ।

माल्मो स्वीडेनको चर्चित फुटबल क्लबल हो । जसले स्वीडेनको शीर्ष डिभिजनको फुटबल लिग ‘अलस्भेन्सकान’ कीर्तिमानी २७ पटक जितेको छ । रानालाई सन् २०२८ सम्मको लागि अनुबन्ध गर्न पाउँदा माल्मो क्लब खुशी छ ।

क्लबको एसिस्टेन्ट स्पोर्ट्स डिरेक्टर ओला तोइमोभेन भन्छन्, ‘शाश्‍वत उत्कृष्ट खेलाडी हुन् र उनमा राम्रो सम्भावना छ । दुई वर्षको समयमा उनी अफेनुसिभ फुल ब्याक थिए । उनले राम्रो प्रदर्शन गरिरहेका छन्।’

शाश्‍वत प्राविधिक रुपमै उत्कृष्ट लेफ्ट ब्याक भएको र बल र खेल कन्ट्रोलिङमा कन्फिडेन्ट रहेको माल्मोले जनाएको छ । उनले माल्मोमा व्यावसायिक अनुबन्धपछि खुशी व्यक्त गरेका छन् ।

‘म यति ठूलो क्लबसँग सम्झौता गर्न पाउँदा धेरै खुसी छु । यहाँ आएपछि मैले धेरै प्रगति गरेको छु, त्यसैले पछिल्ला दुई वर्ष मेरो लागि निकै राम्रो रहेका छन् । अब म सिनियर फुटबलमा प्रवेश गर्न र त्यस स्तरमा आफूलाई अनुकूल बनाउन उत्साहित छु,’ शाश्‍वतले माल्मो क्लबको वेबसाइटमा भनेका छन्, ‘अवश्य पनि, एलेडा स्टेडियममा डेब्यु गर्ने दिनको प्रतीक्षा छु । आउने वर्षहरूमा क्लबमा आफ्नो छाप छोड्न पाउने आशा र उत्साहित छु ।’

सन् २०२२ को अन्तिममा उनलाई डेनमार्कको शीर्ष डिभिजन क्लब एफसी कोपनहेगनले अनुबन्ध गरेको थियो । २०२५ सम्म उनी कोपनेहेगनको युथ टोलीमा समावेश थिए । जहाँ उनले यू–१७ र यू–१९ को प्रतियोगिता खेलेका थिए ।

डेनमार्कमै जन्मेर उतै हुर्केका शाश्‍वत साफ यू–२० च्याम्पियनसिपको लागि एक समयम नेपाली यू-२० टोलीको बन्द प्रशिक्षणका लागि समेत नेपाल आएका थिए । ६ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेका उनी १४ वर्षको हुँदा कोपनहेगनको एकेडेमीमा पुगेका थिए । त्यसपछि उनको फुटबल कला निखारिएको थियो ।

शाश्‍वत नेपालका पूर्व कराते खेलाडी विवेक राना र सुशिला हमालका छोरा हुन् । उनले यसअघि हेलेरुप आईके, लाएनबी बीके र एफसी कोपनहेगनबाट खेलिसकेका छन् ।

कोपनहेगनमा जन्मिएर हुर्किएका शाश्‍वतले १२ वर्षको उमेरसम्म लाएनबी बोलक्लबबाट खेलेका थिए । त्यसपछि उनी कोपनहेगनतर्फ लागे ।

शाश्‍वत राना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय