+
+
Shares

बसपार्कमा तेस्रो लिंगी हत्या घटना : एक संदिग्ध पक्राउ

हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको हो । परिसर स्रोतले पक्राउ परेको पुष्टि गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १७:५१

७ मंसिर, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै तेस्रो लिंगीको हत्या भएको घटनामा एक जना पक्राउ परेका छन् ।

हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको हो । परिसर स्रोतले पक्राउ परेको पुष्टि गरेको छ । ती व्यक्तिको पहिचान भने खुलाइसकेको छैन ।

‘एक जना संदिग्धलाई पक्राउ गरेका छौं । थप सोधपुछ र भेरिफाईको काम हुँदैछ,’ परिसर स्रोतले भन्यो ।

शनबिार दिउँसो बसपार्क नजिकैको सडक किनारमा तेस्रो लिंगीको शव भेटिएको थियो । शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुलका गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा शव भेटिएको थियो ।

सोही तन्नालाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा उक्त तन्ना कुन होटलको भन्ने खुलेको थियो । त्यसपछि उक्त होटल बस्ने व्यक्तिको विवरण केलाएर अनुसन्धान गरेको प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

तेस्रो लिंगीको श पोस्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा राएिको छ । उनको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?