+
+
WC Series
जनकपुर बोल्ट्स 2025
46/2 (8.2)
VS
७० बलमा ९० रन आवश्यक
विराटनगर किंग्स 2025
135/7 (20)
Shares

काँक्रेविहारमा मृत भेटिएका युवायुवतीको पहिचान खुल्यो 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १४:०३

८ मंसिर, सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा मृत भेटिएका युवायुवतीको पहिचान खुलेको छ ।

मृतक युवती वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री रहेको प्रहरीले जनाएको छ ।

उनीहरू वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११: ३० बजे मृत अवस्थामा भेटिएका हुन् ।

जंगलमा घाँस काट्न गएका स्थानीयले उनीहरूलाई झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको खबरपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको टोली घटनास्थल खटाइएको डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्रीले घटनास्थलमै गएर सनाखत गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?