+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

निर्वाचन केन्द्रित कामका लागि रास्वपाले ७६ जिल्लामा प्रतिनिधि खटायो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १२:५२

१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन केन्द्रित तयारीका लागि ७६ जिल्लामा प्रतिनिधिहरु खटाएको छ ।

फागुन २१ को निर्वाचनलाई ध्यानमा राखेर पार्टीको अवस्था बुझ्नका लागि जिल्लाहरुमा प्रतिनिधि खटाएको रास्वपाले जनाएको छ । सचिवालय सदस्य, केन्द्रीय सदस्य, विभाग एवं प्रदेशका नेताहरुलाई जिम्मेवारी दिएर जिल्लामा खटाउने निर्णय रास्वपाले गरेको छ ।

पार्टीको सांगठनिक अवस्था, सबल र दुर्बल पक्ष लगायत समेटेर तयार गरेको प्रतिवेदन केन्द्रलाई पेस गर्ने प्रतिनिधिलाई जिम्मेवारी तोकिएको छ । रोल्पाका लागि जिम्मेवारी प्राप्त गरेकी क्रान्तिशिखा धितालले भनिन्, ‘निर्वाचन लक्षित कामका लागि पार्टीले खटाएको हो । पार्टीको अवस्था केन्द्रलाई जानकारीको साथै चुनावी माहोल निर्माण गर्न पनि साथ पुग्नेछ ।’

प्रतिनिधि खटिएका नेताहरुले कहिलेदेखि खटिने र कति समयसम्म रहने विषयमा भने यकिन भई नसकेको जानकारी गराइएको छ ।

अन्य जिल्लाहरुमा प्रतिनिधि खटाउँदा लुम्बिनी प्रदेश अन्तर्गत प्युठानको भने कसैलाई पनि जिम्मेवारी तोकिएको छैन ।

कहाँ कसलाई खटाइयो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?