+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

नवनियुक्त मुख्यसचिवले सार्वजनिक गरे २५ बुँदे प्राथमिकता

निर्वाचन र भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासनमा मुख्य ध्यान

२१ फागुनमा घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेका मुख्यसचिव अर्यालले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गराउने दोस्रो प्राथमिकता सार्वजनिक गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।
  • उनले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकता राखेका छन्।
  • अर्यालले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गर्ने दोस्रो प्राथमिकता सार्वजनिक गरेका छन्।

१० मंसिर, काठमाडौं । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

२१ फागुनमा घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेका मुख्यसचिव अर्यालले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गराउने दोस्रो प्राथमिकता सार्वजनिक गरेका छन् ।

मुख्यसचिवको पदबहालीपछि विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालका २५ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन् ।

२१ फागुनको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउनु पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । यतिबेला सिंगो मुलुकको मुख्य ध्यान २१ फागुनको निर्वाचन भएकाले भन्दै उनले सिंगो निजामति प्रशासनको प्राथमिकता पनि त्यही नै रहेको बताएका हुन् ।

यसका निम्ति निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षासँग जोडिएका सबै मन्त्रालय र निकायहरूबीच उचित समन्वय र सुदृढ कार्यात्मक सम्बन्ध स्थापित गर्न प्रतिबद्ध रहने उनले जनाएका छन् ।

मुख्यसचिव अर्यालले प्रतिनिधिसभाको आसन्न निर्वाचनसँगै भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन व्यवस्था कायम गर्ने वर्तमान सरकारको अर्को प्रमुख कार्यभार रहेको बताए ।

‘सरकारका काँधमा रहेका यी दुई महत्वपूर्ण जिम्मेवारीलाई पूरा गर्न सरकारलाई सबै हिसाबले सहयोग गर्न हामी समग्र प्रशासनयन्त्र प्रतिबद्ध र क्रियाशील हुन जरुरी छ,’ उनले भने ।

२३ र २४ भदौको आन्दोलनमार्फत जेनजी पुस्ताले असल र उत्तरदायी शासनको माग गरेको बताएका मुख्यसचिव अर्यालले यस सन्दर्भमा निजामती सेवालाई जनउत्तरदायी, सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रको रूपमा स्थापित गर्न नेतृत्व तहमा काम गर्ने प्रतिबद्धता जनाए ।

मुख्यसचिवले सार्वजनिक गरेका २५ बुँदे प्राथमिकता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?