+
+
WC Series
विराटनगर किंग्स 2025
37/4 (5.5)
VS
८५ बलमा १३८ रन आवश्यक
चितवन राइनोज 2025
174/5 (20)
Shares

सार्क प्रोग्रामिङ समितिको ६१औँ अधिवेशन नेपालको अध्यक्षतामा सुरु

सार्कको अधिवेशनमा नेपालले अध्यक्षता गरेको छ। बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका संयुक्त सचिव तथा महानिर्देशकस्तरका राष्ट्रिय फोकल प्वाइन्टहरूले बैठकमा सहभागिता जनाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सार्क प्रोग्रामिङ समितिको ६१औँ अधिवेशन १० मंसिर, काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु भएको छ।
  • नेपालले यस वर्षको अधिवेशनमा अध्यक्षता गरेको छ र सबै सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरू सहभागी छन्।
  • सार्क महासचिव मो. गोलाम सरवारले सदस्य राष्ट्रहरूले आपसी सहयोगमा जुट्नुपर्ने र चार्टरको महत्व बढाउनुपर्ने बताए।

१० मंसिर, काठमाडौं। सार्क प्रोग्रामिङ समितिको ६१औँ अधिवेशन आज भर्चुअल माध्यमबाट सुरु भएको छ। कार्यक्रममा सार्कका सबै सदस्य राष्ट्रहरूका वरिष्ठ अधिकारी, विशेषीकृत निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुखहरू, साथै सार्क सचिवालयका अधिकारीहरूको सहभागिता रहेको छ।

यस वर्षको अधिवेशनमा नेपालले अध्यक्षता गरेको छ। बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका संयुक्त सचिव तथा महानिर्देशकस्तरका राष्ट्रिय फोकल प्वाइन्टहरूले बैठकमा सहभागिता जनाएका छन्।

बैठकको औपचारिक उद्‌घाटन नेपालका परराष्ट्र मन्त्रालयका संयुक्त सचिव तथा प्रोग्रामिङ समितिका अध्यक्ष किरण शाक्यले गरे । उनले सार्क प्रोग्रामिङ समितिको बैठकमा बोल्दै सार्क दक्षिण एसियाको प्रमुख क्षेत्रीय संवाद, सहकार्य र सामूहिक कार्यका लागि महत्वपूर्ण मञ्च भएको बताए ।

उनले भने, ‘सार्कलाई समयसापेक्ष रूपमा विकसित गर्दै संस्थागत क्षमता मजबूत गर्नपर्छ। साथै दक्षिण एसियाका जनताका लागि ठोस लाभ दिने कार्यहरू अघि बढाउन आवश्यक छ।’

यस्तै सार्कका महासचिव राजदूत मो. गोलाम सरवारले सदस्य राष्ट्रहरूले एकअर्काको सहयोग गर्न तत्परता देखाउनुपर्ने बताए । उनले प्रोग्रामिङ समितिको भूमिकालाई चार्टरअन्तर्गत अत्यन्तै महत्वपूर्ण बनाउनुपर्नेमा जोड दिए। ‘सार्क स्थापना उद्देश्य—सहकार्य र साझा प्रयासमार्फत दक्षिण एसियाका देशहरूले व्यक्तिगत रूपमा भन्दा सामूहिक रूपमा बढी उपलब्धि हासिल गर्न सक्छन्। त्यसकारण सबै सार्क राष्ट्रहरू मिलेर आपसी सहयोगमा जुट्‍नु नै महत्वपूर्ण हुन्छ।’

महासचिवले निकट भविष्यमा सार्कले आफ्नो चार्टर स्वीकृतिको ४०औँ वार्षिकोत्सव मनाउन लागेको जानकारी दिँदै यो अवसर गौरव, खुशी र भविष्यको दिशाबारे पुनः चिन्तन गर्ने समय रहेको बताए।

अधिवेशनका क्रममा समितिले वर्ष २०२६ का लागि सार्कका विशिष्टीकृत निकाय र क्षेत्रीय, केन्द्रहरूको बजेट तथा गतिविधिहरूको क्यालेन्डर समीक्षा गरी अन्तिम रूप दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?