+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

नेपालमा पहिलो पटक ‘ग्रिन स्किल्स एडभाइजरी बोर्ड’ सुरु

विशेषगरी दिगो कृषि, वातावरणमैत्री निर्माण, पर्यटन लगायत क्षेत्रमा हरित सिप प्रोत्साहन गर्ने योजना सहित बोर्डको स्थापना गरिएको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पहिलो पटक ‘ग्रिन स्किल्स एडभाइजरी बोर्ड’ (जिसाब) को औपचारिक सुरुवात भएको छ।
  • जिसाबले हरित सिपसम्बन्धी सचेतना अभिवृद्घि, तालिम नीति निर्माण र रोजगारी अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ।
  • बोर्डमा सरकारी तथा निजी क्षेत्रका संस्थाहरुको प्रतिनिधित्व छ र ब्रिटिस काउन्सिलले प्राविधिक सहयोग गरिरहेको छ।

१० मंसिर, काठमाडौं । नेपालमा पहिलो पटक ‘ग्रिन स्किल्स एडभाइजरी बोर्ड’ (जिसाब) को औपचारिक सुरुवात भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभीईटी) प्रणालीलाई हरित सिपसँग जोड्न र दिगो रोजगारी तथा विकासलाई प्रोत्साहन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाको सहकार्यमा यो बोर्ड गठन गरिएको हो ।

बोर्डले नेपालमा हरित सिपसम्बन्धी सचेतना अभिवृद्घि गर्ने, वातावरणमैत्री तालिम नीति निर्माणका लागि संवाद गर्ने, तालिम प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना गर्न ठोस कदम चाल्ने लक्ष्य लिएको छ ।

विशेषगरी दिगो कृषि, वातावरणमैत्री निर्माण, पर्यटन लगायत क्षेत्रमा हरित सिप प्रोत्साहन गर्ने योजना सहित बोर्डको स्थापना गरिएको हो ।

बोर्ड सुरुवात कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वव्यापी बढिरहेको तापक्रम, कार्बन उत्सर्जन तथा विभिन्न वातावरणीय प्रभावका कारण मानव स्वास्थ्य सहित समग्र विश्वमा गम्भीर नकारात्मक असर देखापरेका सन्दर्भमा यो पहलले महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको बताए ।

उनले शिक्षालाई सिप र सिपलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्दै जानुपर्ने धारणा राखे । ‘नेपाल सरकारले यस विषयमा नीतिगत सुधारमा काम गर्दै आइरहेको छ, सरकार र निजी क्षेत्रको साझेदारीमा सुरु भएको यो परियोजनालाई मिलेर अगाडि बढाउनुपर्छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन, कार्बन उत्सर्जन र वातावरणीय चुनौतीले हामीलाई नयाँ सोच, नयाँ सिप र नयाँ अभ्यासतर्फ अघि बढ्नुपर्ने बताए ।

‘हाम्रा उद्योग–व्यवसाय पनि वातावरणमैत्री सिपको अवलम्बन गर्न तयार हुँदैछन्, सिप विकासलाई वातावरणमैत्री  बनाउन तालिम र रोजगारीमा योगदान गर्न महासंघ सधैं तयार छ,’ उनले भने, ‘जिसाब माध्यमबाट सार्वजनिक–निजी साझेदारीलाई अझ मजबुत बनाउन सकिन्छ र नेपालको युवा शक्ति दिगो रोजगारीतर्फ उन्मुख हुनेछ र भविष्यमा हरित अर्थतन्त्रको विकासलाई यो प्रयासले पक्कै पनि टेवा पु‍र्‍याउने छ ।’

नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालले सन् २०४५ सम्म नेट जिरो कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्यलाई यो पहलले योगदान गर्ने बताए । उनले यस विषयमा आफ्‌नातर्फबाट निरन्तर सहयोग रहने धारणा राखे ।

सीटीईभीटीका सदस्यसचिव इन्जिनियर महेश भट्टराईले नेपाललाई हरित सिपको माग सम्बोधन गर्न साझेदारी विकास गर्ने र कार्बन न्यूट्रालिटी हासिल गर्ने राष्ट्रिय लक्ष्यमा योगदान पु‍र्‍याउन बोर्डले सहयोग गर्ने बताए ।

नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले वातावरणमैत्री सिप विकास, प्रवर्द्धन तथा कार्यान्वनमा परिसंघ प्रतिबद्ध रहेको बताए ।

नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले वातावरण संरक्षण र हरित सिप आजको आवश्यकता भए पनि हरितका नाममा विकासलाई बाधा पार्न नहुने र दिगो विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

जिसाब सदस्य विनोद बडालले हरित सिप नेपालको भविष्यको आवश्यकता भएको र सरकार–निजी क्षेत्रबीचको सहकार्यले यसलाई अघि बढाइने बताए ।

जिसाब संयोजक प्रमोदभक्त आचार्यले हरित सिपका विविध विषयमा नेपालले गरिरहेका प्रयास आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण दिएका थिए ।

बोर्डमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र निर्माण व्यवसायी महासंघ नेपालको संस्थागत प्रतिनिधित्व छ ।

अप्रिल २०२४ मा ब्रिटिस काउन्सिलको पहलमा सम्पन्न भएको सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाको सम्मेलनले नेपालमा हरित सिप प्रवर्द्धन गर्न बेलायतको नमुनाबाट प्रेरित भई एक उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

जिसाबलाई ब्रिटिस काउन्सिल नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । उद्योग वाणिज्य महासंघले सचिवालयको भूमिका निर्वाह गर्दै सहयोग गरिरहेको छ ।  बेलायतस्थित  एक्सटर कलेज लगायत संस्थाको हरित सिपसम्बन्धी अनुभव र सल्लाह मार्फत एडभाइजरी सहयोग प्रदान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?