+
+
WC Series
जनकपुर बोल्ट्स 2025
28/3 (3.4)
VS
९८ बलमा १२८ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

कांग्रेस उपसभापति गुरुङको दाबी- फागुन २१ गते निर्वाचन सम्भव छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फागुन २१ गते निर्वाचन सम्भव नभएको बताएका छन्।
  • गुरुङले प्रहरी र सुरक्षा निकायको मनोबल गिरेको र कैदीबन्दी बाहिर रहेका कारण शान्तिसुरक्षा कायम गर्न चुनौती रहेको बताए।
  • उहाँले भने, 'परमाधीपति राष्ट्रपतिको शीतल निवास कार्यालय जलाउन ग्वार्र जाँदा सेना गोडाफाट नगरी सतर्क उभिरहने भएपछि यो देशमा कहाँबाट शान्ति सुरक्षा कायम हुन्छ।'

११ मंसिर, विराटनगर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फागुन २१ गते निर्वाचन सम्भव नभएको बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिले निर्वाचनमा जाने निर्णय गरिसकेको छ । तर, उपसभापति गुरुङले सरकारले फागुन २१ गते निर्वाचन गर्न नसक्ने बताएका हुन् ।

प्रहरी र सुरक्षा निकायको मनोबल गिरेकाे र कारागारबाट भागेका कैदीबन्दी बाहिरै रहेका कारण शान्तिसुरक्षा कायम गर्न चुनाैती रहेकाे उनले बताए ।

बिहीबार विराटनगरमा आयोजित नेपाल वित्तिय संस्था कर्मचारी संघ,कृषि विकास बैंकको आठौँ केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै उनले तत्काल कहाँबाट चुनाव हुन्छ भन्दै प्रश्न समेत गरे ।

‘परमाधीपति राष्ट्रपतिको शीतल निवास कार्यालय जलाउन ग्वार्र जाँदा सेना गोडाफाट नगरी सतर्क उभिरहने भएपछि यो देशमा कहाँबाट शान्ति सुरक्षा कायम हुन्छ,’ सेनामाथि प्रश्न गर्दै उनले भने, ‘कहाँबाट चुनाव सम्पन्न कसरी गर्ने ?’

उनले निर्वाचनकाे वातावरण पनि नबनेकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?