+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares
नोबेल अस्पतालको लापरबाही :

वरिष्ठ चिकित्सकले अप्रेसन बीचमै छोडे, नाकको अप्रेसन गर्दा आँखा नै गुम्यो 

गठित विज्ञ टोलीले गरेको छानबिनका क्रममा उपचारमा संलग्न चिकित्सकबाट ‘त्रुटि’ भएको निष्कर्ष निकालेका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ मंसिर २१ गते २०:०४

२१ मंसिर, विराटनगर । वरिष्ठ चिकित्सकले अप्रेसन बीचमा छोडेर हिँड्दा ७ वर्षीय बालकको आँखाको ज्योति गुमेको खुलेको छ ।

५ मंसिरमा विराटनगरको नोबेल मेडिकल कलेजमा ७ वर्षीय बालकको नाकभित्र पलाएको मासुको शल्यक्रिया भएको थियो । तर, उपचारको त्रुटिका कारणले गर्दा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको आँखाको ज्योति गुमेको छानबिनको क्रममा देखिएको छ ।

उक्त घटनापछि पीडित पक्षले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको थियो । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञ टोलीको गठन गरेको थियो । जसमा वीर अस्पतालका नाक, कान, घाँटी रोग (ईएनटी) विभागीय प्रमुख डा. अनिता जिसी (संयोजक) कोशी अस्पतालका डा. वरुन देव र मोरङ प्रशासनका अधिकृत रामप्रसाद लुइँटेल सदस्य छन् ।

गठित विज्ञ टोलीले गरेको छानबिनका क्रममा उपचारमा संलग्न चिकित्सकबाट ‘त्रुटि’ भएको निष्कर्ष निकालेका छन् ।

समितिका एक सदस्यका अनुसार अनुसन्धान क्रममा अपरेशन गर्दागर्दै वरिष्ठ चिकित्सकले अप्रेसन छाडेर अर्को बिरामी हेर्ने गएको भन्ने देखाएको छ । जेनिशको नाकको शल्यक्रिया डा. प्रज्वल श्रेष्ठको नेतृत्वमा भइरहेको थियो ।

तर, श्रेष्ठले नाकको शल्यक्रिया गर्दा गर्दै उनले छोडेर हिँडेको अनुसन्धानले देखाएको छ ।

छानबिन समितिका एक सदस्यले अनलाइनखबरसँगको बताए अनुसार डा. श्रेष्ठ अर्को इमर्जेन्सी बिरामी हेर्नुपर्‍यो भन्दै बीचमै अप्रेसन छोडेर हिँडेका थिए । त्यसपछि बाँकी शल्यक्रिया कविराज बास्तोलासहितको सहायक टोलीले पूरा गरेको थियो ।

अप्रेसन पूरा नगरी चिकित्सक बाहिर निस्किनु गम्भीर लापरबाही देखिएको छानबिन समितिको निष्कर्ष छ ।

‘डा. प्रज्वल श्रेष्ठले अप्रेसन गर्दागर्दै बीचमा छाडेर अर्को बिरामी जानुभएको रहेछ । त्यसपछि सहायक डाक्टरले टोलीले अप्रेसन गरेको देखिन्छ,’ समितिका एक सदस्य भन्छन्, ‘ सिनियर डाक्टरले नै छोडेर नहिँडेको भए जस्तो घटना हुँदैन थियो हाम्रो निष्कर्ष छ ।’

समितिका सदस्यका अनुसार बिरामीलाई उचित क्षतिपूर्ति गर्न र उपचारमा सम्लग्न गरेका टिमलाई कानुन अनुसार कारबाही गर्न लागि सिफारिस गरेको छ ।

छानबिन समितिले डा. श्रेष्ठ, आँखाका चिकित्सक र उपचारमा समलग्न अन्य डाक्टरसँग लिएको बयान लिएको थियो ।

उक्त बयानमा डा. श्रेष्ठले बीचमा अप्रेसन गर्दा गर्दै अर्को बिरामी हेर्न गएको स्वीकार गरेका छन् ।

समितिका सदस्यका अनुसार बिरामीलाई उचित क्षतिपूर्ति गर्न र उपचारमा सम्लग्न गरेका टिमलाई कानुन अनुसार कारबाही गर्न लागि सिफारिस गरेको छ ।

नाकको दाहिनेपट्टिको प्वालमा मासु पलाएपछि बालकलाई ४ मंसिरमा आफन्तले नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए । ५ मंसिरमा उनको अपरेसन भयो । आँखामा समस्या देखिएपछि अपरेसनको भोलिपल्ट नोबेल मेडिकल कलेजले बालकलाई हतारहतार डिस्चार्ज गरेको थियो । नोबेलले डिस्चार्ज गरेपछि बालकलाई आफन्तले विराटनगर आँखा अस्पताल रानीमा भर्ना गरेका थिए ।

विराटनगर आँखा अस्पतालका चिकित्सकले दाहिने आँखाको भित्री भाग ड्यामेज भएका कारण ज्योति नफर्कने मेडिकल रिपोर्ट दिएको थियो ।

घटनापछि बालकका मामाले जिल्ला प्रशासन कार्यालयमा कारबाहीको माग गर्दै जाहेरी दिएका थिए । प्रशासनले छानबिनका लागि स्वास्थ्य मन्त्रालयमा पत्र लेखेको थियो ।

छानबिन समितिले तयार गरेको प्रतिवेदन एक–दुई दिनभित्र स्वास्थ्य मन्त्रालयलाई बुझाउने तयारी छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?