२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ ।
समितिले बुधबार बिहान ८ बजेका लागि कांग्रेस ७७ जिल्लाका सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको हो ।
समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाइएको जानकारी दिए ।
‘भर्चुअल’ बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणसम्बन्धी छलफल हुने बताइएको छ ।
१५ औं महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित कांग्रेसले समिति बनाएर काम अघि बढाएको छ ।
महामन्त्री थापाको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली ‘स्नेही’ सदस्य छन् ।
प्रतिक्रिया 4