+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
७१ बलमा ६८ रन आवश्यक
लुम्बिनी लायन्स 2025
44/1 (8.1)
Shares

जेनजी आन्दोलनमा शहरी विकासका मात्र ३२० संरचनामा क्षति

२३ र २४ भदौको जेन जी आन्दोलनका क्रममा शहरी विकास मन्त्रालयका मात्र ३२० संरचनामा क्षति पुगेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शहरी विकास मन्त्रालयका ३२० संरचनामा जेन जी आन्दोलनका क्रममा क्षति पुगेको छ।
  • १२५ संरचनामा सामान्य, १०० मा आंशिक र ४४ मा पूर्ण क्षति भएको मन्त्रालयले जनाएको छ।
  • मन्त्री कुलमान घिसिङले पुनर्निर्माणमा तीन/चार वर्ष नलाग्ने गरी छिटो काम गर्न निर्देशन दिनुभयो।

२४ मंसिर, काठमाडौं । २३ र २४ भदौको जेन जी आन्दोलनका क्रममा शहरी विकास मन्त्रालयका मात्र ३२० संरचनामा क्षति पुगेको पाइएको छ ।

शहरी विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा यस्तो जानकारी दिइयो ।

मन्त्रालयका अनुसार आन्दोलनका क्रममा शहरी विकास तथा भवन निर्माण विभागको कार्यक्षेत्रभित्र रहेका १२५ वटा संरचनामा सामान्य क्षति (हरियो स्टिकर), १०० वटामा आंशिक क्षति (पहेँलो स्टिकर) र ४४ वटामा पूर्ण क्षति (रातो स्टिकर) पुगेको थियो ।

त्यस्तै संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको कार्य क्षेत्रभित्र रहेको राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास सिंहदरबार, मन्त्री निवास, संसद भवनलगायतका ५१ संरचनामा क्षति पुगेको थियो । त्यसमध्ये १५ वटा हरियो, २९ पहँलो र ७ रातो स्टिकरवाला रहेका छन् ।

विभागका कार्यक्षेत्रमा रहेका हरियो स्टिकरवाला भवनमध्ये ८ वटाको मर्मत सम्पन्न भएको छ भने ३८ वटा अन्तिम चरणमा छन् । पहँलो र रातो स्टिकरवाला भवनको परामर्शदाता नियुक्त गरी क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको छ ।

एक महिनाभित्र मूल्याङ्कन सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ । बैठकमा शहरी विकास मन्त्री कुलमान घिसिङले सरकारी तथा सार्वजनिक संरचनाको पुनर्स्थापना र पुनर्निर्माणका लागि तीन/चार वर्ष लगाउन नहुने भन्दै छिटो अगाडि बढाउन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?