+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
६० बलमा ६३ रन आवश्यक
लुम्बिनी लायन्स 2025
49/2 (9.6)
Shares

बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

रासस रासस
२०८२ मंसिर २४ गते १८:२९

२४ मंसिर, धरान । धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुधबार बिहान करिब ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको को१ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक धरान उपमहानगरपालिका–१९, एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता खड्काले बताए ।

उक्त अटोमा सवार धरान–१९ का ४८ वर्षीय टिकाराम लिम्बू घाइते भएका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अटोलाई ठक्कर दिने बस चालक धरान उपमहानगरपालिका–१४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?