+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १३ औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव मंसिर २५ गतेदेखि २९ गतेसम्म काठमाडौँमा सञ्चालन हुँदैछ।
  • महोत्सवमा २६ देशका ५० चलचित्र प्रदर्शन गरिनेछ, जसमा कान्स, बर्लिन, भेनिस र बुसानजस्ता महोत्सवका चलचित्रहरू छन्।
  • महोत्सवमा अन्तरक्रियात्मक छलफल, फोटो प्रदर्शनी र लाइभ पेन्टिङ कार्यक्रमहरू आयोजना गरिने आयोजकले बताएको छ।

काठमाडौँ । विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यका साथ ‘१३ औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ बिहीबारदेखि सुरु भएको छ ।

‘बालअधिकार’ भन्ने नाराका साथ यही मंसिर २९ गतेसम्म पाँच दिन चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।

“हामीले २६ देशका ५० चलचित्र प्रदर्शन गर्दैछौँ, महोत्सवमा छानिएका धेरैजसो चलचित्रले कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता प्रतिष्ठित अन्तरराष्ट्रिय महोत्सव सहभागिता जनाइसकेका छन्’ उनले भने ।

महोत्सवमा देखाइने चलचित्रले मानवअधिकारका विषयलाई सहज र सरल रूपमा दर्शकसम्म पुर्‍याउने उनले बताए ।

‘कान्स फिल्म फेस्टिभल २०२५’ अन्तर्गत ‘पाल्मे डी ओर’ (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’, सोही महोत्सवमा पहिलोपटक प्रदर्शनी गरिएको ‘नाभी लीली’, बजिका भाषामा बनेको पहिलो ‘फिचर’ चलचित्र ‘आजुर’ लगायत महोत्सवको आकर्षण रहेको महोत्सव निर्देशक खत्रीले जानकारी दिए ।

महोत्सवमा निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीको उपस्थितिमा अन्तरक्रियात्मक समूहगत छलफल, फोटो प्रदर्शनी, ‘लाइभ पेन्टिङ’लगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?