+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
130/7 (19.2)
Shares

साधारणसभाबाट शिवम् सिमेन्ट्सको लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिवम् सिमेन्ट्सको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लागि १२.५० प्रतिशत लाभांश पारित गरेको छ।
  • कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत नगद लाभांश र २.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
  • बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ पुग्नेछ।

२५ मंसिर, काठमाडौं । शिवम् सिमेन्ट्सको वार्षिक साधारणसभाबाट घोषित लाभांश पारित भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न भएको छ ।

साधारणसभाबाटसञ्चालक समितिले प्रस्ताव गरेका वार्षिक प्रगति प्रतिवेदन, गत आवको लेखापरीक्षकको प्रतिवेदन चालु आवको लेखापरीक्षक नियुक्ति प्रस्ताव पारित भएको छ ।

कम्पनीले आर्जन गरेको खुद नाफाबाट चुक्ता पूँजीको दश प्रतिशत बराबर नगद लाभांश (करसहित) र २.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि पारित भएको छ । हाल कायम चुक्ता पूँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँको कुल १२.५० प्रतिशत लाभांश दिने प्रस्ताव भएको थियो ।

बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५९ करोड ३२ लाख पुग्नेछ । साधारणसभामा अध्यक्ष गोयलले सभामा व्यक्त भएका राय, सुझाव र सल्लाहलाई कम्पनीले ग्रहण गर्दै लैजाने प्रतिबद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?