+
+
WC Series
विराटनगर किंग्स 2025
58/5 (9.6)
VS
६० बलमा ७७ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

च्यासलमा एमाले कार्यकर्ताको देउडा नाच (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ मंसिर २५ गते १७:२५

२५ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन सुरु हुन दुई दिन मात्रै बाँकी छ ।

२७ मंसिरदेखि सुरु हुने महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको छ । काठमाडौं आइसकेका प्रतिनिधिहरू पार्टी मुख्यालयमा भेला हुन थालिसकेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका शीर्ष तहका नेताहरू पनि च्यासल पुगेर प्रतिनिधिहरूसँग भेटघाट गरिरहेका छन् । नेताहरूले आ-आफ्नो पक्षमा प्रतिनिधिहरू तान्नका लागि प्रयास गरिरहेका छन् ।

महाधिवेशनलाई राजनीतिक जीवनको उत्सव मानेर प्रतिनिधिहरू पनि आपसी भेटघाट र खुसी साटासाट गरिरहेका छन् ।

सुदूरपश्चिमबाट आएका प्रतिनिधिहरूले देउडा गीतमा नृत्य प्रस्तुत गरेर महाधिवेशनलाई उत्सव जस्तै बनाइरहेका छन् ।

देउडा गीतमा एमाले नेता तथा कार्यकर्ताहरू झुमेका थिए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?