+
+
WC Series
विराटनगर किंग्स 2025
60/5 (10.3)
VS
५७ बलमा ७५ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बच्चा च्यापेर कर्णालीबाट च्यासल आएकी कल्पनाको सन्देश- विभाजन होइन, एकताको महाधिवेशन बनाऔं

यो चिसो मौसममा उनी आफ्ना बच्चालाई काखमा च्यापेर बिहीबार च्यासल पुगेकी थिइन् । कल्पना पार्टी महाधिवेशनलाई राजनीतिक जीवनको उत्सवको रूपमा लिन्छिन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ मंसिर २५ गते १६:०२

२६ मंसिर, काठमाडौं । २७ मंसिरदेखि सुरु हुने नेकपा एमालेको ११औं महाधिवेशनका लागि देशभरिका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको छ ।

काठमाडौं आइपुगेका महाधिवेशन प्रतिनिधिहरू पार्टी मुख्यालय पुगेर नेता तथा कार्यकर्ताहरूसँग भेटघाट सुरु गरिसकेका छन् । आफू निकट समूहका नेताहरूसँग भेटेर महाधिवेशनबारे चासो व्यक्त गरिरहेका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा भेला भएका महाधिवेशन प्रतिनिधिहरूमध्ये एक हुन्- कल्पनाकुमारी थापा चन्द । कल्पना आफ्नो काखे बालक च्यापेर महाधिवेशनमा सहभागी हुन कर्णाली प्रदेशको दैलेखबाट आएकी हुन् । कल्पना आठबिस नगरपालिकाकी उपप्रमुख समेत हुन् ।

यो चिसो मौसममा उनी आफ्ना बच्चालाई काखमा च्यापेर बिहीबार च्यासल पुगेकी थिइन् । कल्पना पार्टी महाधिवेशनलाई राजनीतिक जीवनको उत्सवको रूपमा लिन्छिन् ।

भौगोलिक हिसाबले मुलुकको संघीय राजधानीभन्दा धेरै विकट दूरीमा बसेर राजनीति गर्दै आएकी कल्पना यो चिसो मौसममा पनि बच्चा च्यापेर काठमाडौं आउन आफूलाई उत्प्रेरित गरेको सुनाउँछिन् ।

उनी भन्छिन्, ‘पार्टीको महाधिवेशन राजनीतिक जीवनको उत्सव हो । त्यसैले बच्चाका कारण यो उत्सवलाई छोड्ने कुरा पनि आएन । र, आमाको जिम्मेवारीले बच्चा छोडेर आउने कुरा पनि भएन ।’

एमाले  कर्णाली प्रदेश सदस्य समेत रहेकी कल्पना ११औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा पार्टीका शीर्ष नेताहरूलाई सुझाव दिन्छिन् ।

उनी भन्छिन्, ‘मुलुकको विषम परिस्थितिमा पार्टीको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ । समूहमा विभाजन भएर होइन, कम्युनिस्ट पार्टीलाई एक ठाउँमा राख्ने महाधिवेशन बनाउनुपर्छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?