+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
116/7 (17.6)
Shares

जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने

बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १७:२१

२५ मंसिर, काठमाडौं ।  सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतालाई राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि भएको उनले बताए ।

उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको पनि उनले बताए ।

‘जेनजीसँग भएको सम्झौता अनुमोदन गर्ने  र राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ,’ प्रवक्ता खरेलले भने, ‘उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकता राखेर कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?