News Summary
Generated by OK AI. Editorially reviewed.- सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकले नेपाल धितोपत्र बोर्डबाट १३ लाख ७९ हजार ३५० कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको छ।
- कम्पनीले कुल जारी सेयरको २० प्रतिशत सर्वसाधारण समूहका लागि र ८० प्रतिशत संस्थापक समूहका लागि छुट्याएको छ।
- निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको र कम्पनीले ११ मेगावाट माथिल्लो टाडी खोला आयोजना सञ्चालनमा ल्याएको छ।
२५ मंसिर, काठमाडौं । सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ ।
कम्पनीले अंकित मूल्य १ सयका दरले १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । कुल जारी सेयरमा यो २० प्रतिशत हो । सर्वसाधारण समूहमा यो २० प्रतिशत र बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ ।
निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । कम्पनीले ११ मेगावाटको माथिल्लो टाडी खोला आयोजना सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । यसमा अपी पावरको उल्लेख्य स्वामित्व रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4