+
+
WC Series
विराटनगर किंग्स 2025
47/4 (8.1)
VS
७१ बलमा ८८ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

काठमाडौं–८ बाट सपना राजभण्डारीसहित ६ जना सिफारिस

नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ८ का लागि प्रत्यक्षतर्फ सपना राजभण्डारी जोशी सिफारिसमा परेकी छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १८:११
सपना राजभण्डारी जोशी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ८ का लागि सपना राजभण्डारी जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ।
  • क्षेत्रीय कार्यसमितिले समानुपातिकतर्फ राज्यलक्ष्मी श्रेष्ठ र बद्री नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ।
  • राष्ट्रिय सभाका लागि कृष्णा अमात्यलाई सिफारिस गरिएको छ।

२५ मंसिर, काठमाडौं। नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ८ का लागि प्रत्यक्षतर्फ सपना राजभण्डारी जोशी सिफारिसमा परेकी छन्।

विघटित प्रतिनिधिसभा सदस्य राजभण्डारी कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको धर्मपत्नी हुन्।

उनी महासमिति सदस्य पनि छन् । यस्तै प्रत्यक्षतर्फ जोशीसहित राजु खरेल, मुस्कान गौतम, रविन्द्रलाल श्रेष्ठ, डा. अमितसिंह कार्की, राजुराज जोशीको नाम सिफारिस भएको हो ।

क्षेत्रीय कार्यसमितिले समानुपातिकतर्फ राज्यलक्ष्मी श्रेष्ठ, बद्री नेपाल र राष्ट्रिय सभामा कृष्णा अमात्य सिफारिस गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?