+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

उदयपुर-१ र २ बाट कांग्रेसका ३-३ जना उम्‍मेदवारको नाम सिफारिस

कांग्रेस उदयपुरका क्षेत्रीय सचिव सन्तोष कोइरालाले बिहीबार प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ र २ बाट ३/३  जनाको नाम सिफारिस भएको बताए।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस उदयपुरले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र-१ र २ बाट तीन/तीन जनाको नाम सिफारिस गरेको छ।
  • उदयपुर क्षेत्र नम्बर-१ बाट डा. नारायण खड्का, लक्ष्मी परियार र विदुर बस्नेतको नाम सिफारिस भएको छ।
  • समानुपातिकतर्फ नारायण बहादुर कार्की, सत्यनारायण चौधरी, सीता राई र राम कुमार साहको नाम सिफारिस गरिएको छ।

२५ मंसिर, काठमाडौं। नेपाली कांग्रेस उदयपुरले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र-१ र २ बाट तीन/तीन जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेस उदयपुरका क्षेत्रीय सचिव सन्तोष कोइरालाले बिहीबार प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ र २ बाट ३/३  जनाको नाम सिफारिस भएको बताए।

उनका अुनसार उदयपुर क्षेत्र नम्बर-१ बाट कांग्रेस केन्द्रीय सदस्‍य डा. नारायण खड्कासहित लक्ष्मी परियार र विदुर बस्नेतको नाम सिफारिस भएको हो ।

२०६४ सालदेखि लगातार चार पटक दयपुर–१ बाट निर्वाचित भएका डा.खड्का पाँचौ पटकका लागि पनि सिफारिस भएका हुन् ।

यस्तै उदयपुर क्षेत्र-२ बाट सन्दीपकुमार थापा, कृष्ण कुमार श्रेष्ठ र सरस्वती ढुंगानाको नाम सिफारिस गरेको कांग्रेस उदयपुरका सचिव कोइरालाले बताए ।

यस्तै उदयपुर कांग्रेसले समानुपातिकतर्फ नारायण बहादुर कार्की, सत्यनारायण चौधरी, सीता राई र राम कुमार साहको नाम सिफारिस गरेको छ ।

राष्ट्रिय सभातर्फ भने हेरम्बबहादुर थापा, अर्जुन कुमार खड्का, प्रमिला राई र भोजराज खतिवडाको नाम सिफारिस गरेको सचिव कोइरालाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?