News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सले दोस्रो संस्करणपछि अन्नपूर्ण बेसक्याम्प पुगेर समर्थकहरूलाई धन्यवाद दिएको छ।
- अध्यक्ष सुबोध त्रिपाठीले अर्को सिजन बलियो भएर ट्रफी जित्ने लक्ष्य राखेको बताए।
- क्लबले 'ग्लेसियर्स म्याटर' नारालाई निरन्तरता दिने र दर्शक समर्थन पाउने विश्वास व्यक्त गरेको छ।
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले अन्नपूर्ण बेसक्याम्प पुगेर समर्थकहरूलाई धन्यवाद दिएको छ।
प्रतियोगिताअघि नै बेसक्याम्प पुग्ने कुरा तय रहेपनि मौसमले साथ दिन नसकेपछि भ्रमण हुन सकेको थिएन । प्रतियोगिता सकिएपछि अध्यक्ष सुबोध त्रिपाठीसहितको टोली बेसक्याम्प पुगेका हुन् ।
अध्यक्ष त्रिपाठीले दोस्रो संस्करणमा समर्थकहरूले देखाएको माया र समर्थनप्रति धन्यवाद व्यक्त गर्दै आगामी सिजन अझै राम्रो गर्ने बताए ।
‘पहिलो सिजन भन्दा दोस्रो सिजन राम्रो भयो । तर प्लेअफ पुग्न सकेनाैँ । अर्को सिजन अझ बलियो भएर आउने र ट्रफी जित्ने लक्ष्य राखेका छाैं’अध्यक्ष त्रिपाठीले भने ।
यस्तै पोखरा एभेन्जर्सले उठाउँदै आएको ‘ग्लेसियर्स म्याटर’ सम्बन्धी नारालाई निरन्तरता दिइरहने पनि त्रिपाठीले जनाएका छन् ।
यस्तै दर्शकहरूलाई धन्यवाद दिँदे क्लबका अफिसियल पुष्पराज त्रिपाठी र चन्द्रकाजी श्रेष्ठले यस्तै साथ र समर्थन अर्को वर्ष पनि पाउने विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया 4