२७ मंसिर, काठमाडौं । नेकपा एमालेको उद्घाटन स्थलमा २० हजार कुर्सी व्यवस्थापन गरिएको छ ।
एमाले पोलिटब्युरो सदस्य एवं मञ्च व्यवस्थापन प्रमुख विनोद श्रेष्ठका अनुसार उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा झण्डातोलन गरेर ११औं महाधिवेशनको उद्घाटन गरिँदैछ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टबाट झण्डातोलन गरेपछि महाधिवेशन उद्घाटन हुनेछ ।
महाधिवेशनमा सहभागीलाई बस्नका लागि खुल्लाचौरमा २० हजार कुर्सी राखिएको छ ।
‘बस्नका लागि नै २० हजार कुर्सी राखिएको छ । यसरी २० हजार कुर्सी राखेर कार्यक्रम गरिएको पहिलो नै हो जस्तो लाग्छ । यस्तो अहिलेसम्म देखेकै छैन’ श्रेष्ठले भने । बाँकी सहभागी भने उभिनुपर्नेछ ।
‘२० हजार कुर्सीमा बस्नुहुन्छ । करिब एक लाख १० हजार जतिले उभिएर हेर्नुपर्छ’ श्रेष्ठ थप्छन्, ‘सबैलाई कुर्सी राख्ने हो भने ठाउँ धेरै ओगट्ने भयो । उभिएर लिने स्पेस र कुर्सीले लिने स्पेस फरक छ । एउटा कुर्सी बराबर तीन जनासम्म मानिस उभिन मिल्ने हुन्छ ।’
श्रेष्ठले खुल्लाचौर बाहिर सडकमा सवारी आवागमनमा असहजता नहोस् भनेर समेत ख्याल गरिएको छ ।
प्रतिक्रिया 4