+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

नेतृत्व चयन प्रक्रियामा अघि बढ्यो एमाले, भृकुटीमण्डपमा बन्दसत्र

बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरु सहभागी हुँदैछन् । उनीहरुले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ८:०५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुँदैछ।
  • २ हजार २६२ जना प्रतिनिधिहरुले २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् जसमा अध्यक्ष, महासचिव, उपाध्यक्ष र सचिव पदहरू छन्।
  • नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार छन् र सहमतिमा नभए विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिने एमालेले जनाएको छ।

२८ मंसिर, काठमाडौं। नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ ।

बन्दसत्र दिउँसो १२ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि सुरुमा केन्द्रीय समितिको बैठक बस्ने भएकाले दिउँसो १२ बजेबाट बन्दसत्र सुरु गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरु सहभागी हुँदैछन् । उनीहरुले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् ।

हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशन उदघाटन भएको थियो । विधान महाधिवेशन गत भदौमै सम्पन्न गरिसकेकाले आजबाट एमाले सिधै नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्न लागेको हो ।

नेतृत्वमा हालका अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार छन् । सकेसम्म सहमतिमा, सहमति नभए मतदान प्रक्रियामार्फत् भए पनि नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?