+
+
Shares

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको इन्द्रेणी’ को ओएसटी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते २०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेनको आवाजमा फिल्म 'झरीपछिको इन्द्रेणी' को शीर्षगीत 'आम नेपाली बुवा' युट्युबमा सार्वजनिक भएको छ।
  • गीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता 'कुन मन्दिरमा जान्छौ यात्री' लाई र्‍याप शैलीमा प्रस्तुत गरिएको छ।
  • फिल्म ४ पुसदेखि प्रदर्शनमा आउन लागेको छ र गीतमा बालेनले दिवंगत बुवा डा. रामनारायण शाहप्रति समर्पण गरेका छन्।

काठमाडौं । बालेनको आवाजमा फिल्म ‘झरीपछिको इन्द्रेणी’ को शीर्षगीत ‘आम नेपाली बुवा’ युट्युबमा सार्वजनिक गरिएको छ ।

आइतबार बेलुका बालेनको आफ्नै युट्युब च्यानलमा गीत रिलिज भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लाई र्‍याप शैलीमा गीत कम्पोज गरिएको छ ।

र्‍याप गायन र लिरिक्स बालेनकै छ । दीक्षा उप्रेतीको कोरस गायन छ । बालेनले यो गीत हालै दिवंगत भएका आफ्ना बुवा डा. रामनारायण शाहप्रति समर्पित गरेका छन् ।

यो गीतको मौलिक संगीतकार चाहिँ रञ्जित गजमेर हुन् भने ओर्जिनल गायक रविन शर्मा हुन् । भिडियोमा फिल्मका दृश्यलाई समेटिएको छ ।

अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ४ पुसदेखि प्रदर्शन तयारीमा छ । बालेनको युट्युब च्यानलमा यसअघि सार्वजनिक भएको यही फिल्मको गीत ‘फसायो लमीले’ लाई त्यहाँबाट हटाएर अहिले ओएसआरको च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?