News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
- महालेखा नियन्त्रक कार्यालयका अनुसार पाँच महिनामा ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको लक्ष्यमा ७८.७४ प्रतिशत मात्र संकलन भएको छ।
- मंसिर महिनामा ९५ अर्ब २० करोडको लक्ष्यमा ८० अर्ब २७ करोड मात्र राजस्व संकलन भएको छ।
१ पुस, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
यो पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व लक्ष्य लिएको थियो । तर लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
मंसिर महिनामा मात्रै ९५ अर्ब २० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८० अर्ब २७ करोड संकलन भएको छ । मंसिरमा संकलन भएको राजस्व लक्ष्यको ८४.३१ प्रतिशत हो । यो पूरै आर्थिक वर्ष सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।
गत आर्थिक वर्षको यही पाँच महिना अवधिमा सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । समीक्षा अवधिमा राजस्व संकलन करिब ४ अर्ब मात्रै बढेको छ । गत आर्थिक वर्षको पाँच महिनामा लक्ष्यको ८१.९ प्रतिशत राजस्व संकलन भएको थियो ।
प्रतिक्रिया 4