+
+
Shares

अन्तर विद्यालयस्तरीय कबड्डीको उपाधि न्यू होराइजनलाई

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १५:१५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलमा भएको अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ न्यू होराइजन अङ्ग्रेजी आवासीय मावि प्रथम भएको छ।
  • फाइनलमा छात्रातर्फ होराइजनले कालिका मानव ज्ञान माविलाई र छात्रतर्फ दीप बोर्डिङ बुटवललाई पराजित गरेको छ।
  • प्रतियोगितामा १७ छात्र र १४ छात्रा विद्यालय सहभागी थिए र पुरस्कार स्वरूप नगद र प्रमाणपत्र प्रदान गरिएको छ।

१ पुस, बुटवल । बुटवलमा संचालित अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ न्यू होराइजन अङ्ग्रेजी आवासीय मावि बुटवल प्रथम भएको छ ।

मंगलबार भएको फाइनलमा छात्रातर्फ होराइजनले कालिका मानव ज्ञान माविलाई र छात्रतर्फ दीप बोर्डिङ बुटवललाई पराजित गर्दै प्रथम भएको हो ।

छात्रातर्फ अक्सफोर्ड मावि बुटवल र इडन बोर्डिङ तेस्रो भएका छन् । यस्तै छात्रतर्फ नवीन मावि र गार्गी एकेडेमी तेस्रो भएको प्रतियोगिता संयोजक शेरजंग गुरुङले जानकारी दिए ।

नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाका अनुसार ३ दिनसम्म चलेको प्रतियोगितामा छात्रतर्फ १७ र छात्रातर्फ १४ विद्यालय सहभागी थिए।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः समान २० हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?